१९ बैशाख २०७७ काठमाडौं । नेपालगंजमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएसंगै संक्रमितको संख्या ५९ पुगेको छ ।
भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको हो । दुईमध्ये एकजना विदेशबाट आएको जानकारी प्राप्त भएको छ। अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् ।
रुपन्देहीको भएपनि उनलाई नेपालगञ्जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो। यसबारे मन्त्रालयले केही समयमा आधिकारिक जानकारी दिने जनाएको छ । संक्रमित ५९ जना मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
https://www.facebook.com/Kailashkhabarnews/videos/244075036681645/
बाँकी ४३ संक्रमित भने विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सके बताएका छन् । मन्त्रालयको पछिल्लो तथ्याङक अनुसार परीक्षण संख्या ५८ हजार ८ सय ७१ पुगेको छ ।
१२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण गरिएको हो। प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमतीमा ८ हजार ३ सय ६१, गण्डकीमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९९ जना छन् ।
कर्णालीमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ जनाको आरडिटीबाट परीक्षण भएको हो। काठमाडौं उपत्यकामा ३ र बाहिर ७७ गरी कूल ८० जना शंकास्पद बिरामी आइसोलेसनमा छन्। पाटन अस्पतालमा मात्र ३ जना शंकास्पद आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मुलुकभर २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा बसेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...