नेपालमा तयार कोरोना भाइरसविरुद्धको औषधिलाइ ट्याब्लेट र सिरपमा तयार पार्न WHO को सुझाव

नेपालमा तयार कोरोना भाइरसविरुद्धको औषधिलाइ ट्याब्लेट र सिरपमा तयार पार्न WHO को सुझाव image
File Photo

२४ जेठ २०७७ काठमाडाै । नेपालमा कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले औषधिको परीक्षण प्रक्रिया थालेका छन् ।

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा उनले औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया थालेका हुन् । यसका लागि प्रदेशका विज्ञ तथा वैज्ञानिकसँग समेत छलफल गरेर छलफल भएपछि उनले बनाएको औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय गरिएको मन्त्री दुलालले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुने र डाक्टर दासलाई प्रदेश सरकारले साथ दिएको छ । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसका प्राध्यापन हुन ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न डाक्टर दासलाई सुझाव दिएको छ । एक भिडियो कन्फेरेन्समा कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेल पठाउदै सुझाव दिएको डाक्टर दासले बताए ।

१६ पृष्ठ लामो सुझावमा डाक्टर दासलाई डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कार्यदलको बैठक निष्कर्षविहीन image

    कार्यदलको बैठक निष्कर्षविहीन

    काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । आज दिनभर बसेको कार्यदलको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने...

  • प्रचण्डलाई माधव नेपालको विश्वासको मत image

    प्रचण्डलाई माधव नेपालको विश्वासको मत

    काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय image

    गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको...

  • संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल image

    संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

    काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो। आइतबार बस्ने प्रतिनिधि...


hotelghyampedanda