भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

नेपालमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा भेटियाे कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा ओमिक्रोनको संक्रमण पुष्टि भएको बताएका हुन् ।

मन्त्रालयका अनुसार गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेका थिए ।

मन्त्रालयको रिपोट अनुसार मंसिर ७ गते गरिएको परिक्षणमा ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । उनीहरु दुवै जनाले कोरोना भाइरस विरूद्धको पूर्ण खोप लगाइसकेका छन् ।

६६ वर्षीय विदेशी नागरिकको कोभिड रिपोट नगेटिभ भएपनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको हो ।

यस्ताे छ प्रेस विज्ञप्ति

 


Thali Mobile Pvt.Ltd.