नेपाल बेखबर: कोशीको पानी मेची लैजान भारतको ४९ अर्ब लगानी

नेपाल बेखबर: कोशीको पानी मेची लैजान भारतको ४९ अर्ब लगानी

काठमाडौं । कोशीकाे पानी मेचीमा पुर्‍याएर आफ्नो भूमि सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना अगाडि बढेको छ । कोशी–मेची रिभर इन्टरलिनिङ प्राजेक्ट अनुसार वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालिनेछ र भारतका सुख्खा खेतमा सिँचाइको लागि उपयोग गरिनेछ ।

नेपाल–भारतको सीमाबाट बग्दै जाने मेची नदी भारतको महानन्दा बेसिन अन्तरगत पर्छ । कोशी ब्यारेजमा पानीको क्षमता बढाउने भारतीय योजनामा लगानी गर्न सिफारिस गर्ने निर्णय भारतको ‘इन्भेष्टमेन्ट क्लियरेन्स कमिटी’ को १४ औं बैठकले गरेको छ । कमिटीमा भारतको केन्द्रीय जलशक्ति मन्त्रालय अन्तर्गतको जलस्रोत विभागलगायत जलस्रोतसम्बद्ध संस्था र एजेन्सीहरु छन् ।

गत वर्ष नै भारतको केन्द्र सरकारले यसका लागि बजेट विनियोजन गरेको थियो । तर नेपाल भने बेखर भएको छ । भारतले आफ्नो इच्छाअनुसार अघि बढे नेपालमा कोशीको बाढी बढ्ने विज्ञले बताएका छन् । सरकारले केही नबोले पनि नेपालका विज्ञहरुले भने लामो समयदेखि भारतलाई मात्रै फाइदा हुने प्रस्तावित उच्च बाँध र नदी जोड (रिभर लिंकिङ) कार्यक्रमको विरोध गर्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.