भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

महिला हिंसा कम छन्, शुन्यमा झारौँ: मेयर शाक्य

महिला हिंसा कम छन्, शुन्यमा झारौँ: मेयर शाक्य

काठमाडौँ । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, तुलनात्मक रुपमा काठमाडौंमा हिंसाका घटना कम भएको बताए। मेयर शाक्यले भने, ‘आर्थिक र सामाजिक हिसाबले मिश्रित बसोबास काठमाडौंको चरित्र हो । सहरमा गरीब बस्ती पनि छ । पारिवारिक अवस्था र अभावजस्ता कारणले यस्ता ठाउँमा हिंसाको बढी सम्भावना रहन्छ ।

समृद्ध परिवारमा शारीरिक नभए पनि मानसिक हिँसा हुन सक्छ । यी सबै खालका हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्छ । न्यायिक समितिमार्फत यस्ता घटनाका महानगरले प्रत्यक्ष सरोकार राखेको छ ।’ यस वर्ष मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.