भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

महिला हिंसा कम छन्, शुन्यमा झारौँ: मेयर शाक्य

महिला हिंसा कम छन्, शुन्यमा झारौँ: मेयर शाक्य

काठमाडौँ । महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा काठमाडौं महानगरपालिकाले राष्ट्रियसभा गृहमा ‘लैङ्गिकतामा आधारित हिंसा’ सम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, तुलनात्मक रुपमा काठमाडौंमा हिंसाका घटना कम भएको बताए। मेयर शाक्यले भने, ‘आर्थिक र सामाजिक हिसाबले मिश्रित बसोबास काठमाडौंको चरित्र हो । सहरमा गरीब बस्ती पनि छ । पारिवारिक अवस्था र अभावजस्ता कारणले यस्ता ठाउँमा हिंसाको बढी सम्भावना रहन्छ ।

समृद्ध परिवारमा शारीरिक नभए पनि मानसिक हिँसा हुन सक्छ । यी सबै खालका हिंसा अन्त्यका लागि सबै मिलेर काम गर्नुपर्छ । न्यायिक समितिमार्फत यस्ता घटनाका महानगरले प्रत्यक्ष सरोकार राखेको छ ।’ यस वर्ष मंसिर १० गतेदेखि २५ गतेसम्म मनाइने अभियानको नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.