भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुँदै

नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुँदै

काठमाडौं । नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति आज घोषणा हुँदैछ । संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । एक साता अघि उपाध्याय नै अध्यक्ष हुने पक्का भए पनि घोषणा भने भएको छैन ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाका रुपमा परिचित यस सस्थाको आज मंगलबार दिउँसो ४ बजे होटल र्‍याडिसनमा साधारणसभा छ । साधारणसभामा कार्यसमिति घोषणा गरिने संघका कार्यकारी निर्देशक अनिल शर्माले नयाँ विकल्पलाई जानकारी दिए । संघमा दुई नयाँ सदस्यहरू समेत चयन भएका छन् ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालको कार्यकाल पूरा भएको र सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल बैंकबाट बाहिरिए पछि दुई सदस्य रिक्त भएको थियो।

सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् । रिक्त पदमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले दुवै जना सर्वसम्मत चयन भएको कार्यकारी निर्देशक शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.