भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर झण्डै २०० अङ्कले घटेको नेप्सेमा मङ्गलबार सामान्य सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.८३ बिन्दुले उकालो लागेर दुई हजार ७१२.०७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३६ बिन्दुले उकालो लागेर ५०८.६२ मा पुगेको छ । कूल २२३ कम्पनीको एक करोड ५३ लाख छ हजार ६१ कित्ता शेयर रु सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ३७ खर्ब ९५ अर्ब ७६ करोड ८५ लाख ९२ हजार ११४ हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । व्यापार ५०.२५, वित्त १८.४५, उत्पादन १९.०१ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ ३.७४, होटल तथा पर्यटन ७६.०९, विकास बैंक २७.३७, जलविद्युत् २२.८३, निर्जीवन बीमा ७२.०२, अन्य १३.८१, लघुवित्त १४.४९, जीवन बीमा १९९.६४ र लगानी १.२७ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ४४ लाख १५ हजार २३३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, नबिल बैंक रु २० करोड ५६ लाख छ हजार ७९४, नेपाल पूर्वाधार बैंक रु २० करोड ४६ लाख ११ हजार ८९९, हिमालयन डिस्टिलरी रु २० करोड १९ लाख ३६ हजार १७१ र अपि पावर कम्पनी रु १८ करोड आठ लाख ४३ हजार ९३५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कारोबारका आधारमा मनकामना स्मार्ट लघुवित्त ९.९९, रुरु जलविद्युत् परियोजना ५.७८, नेपाल पूर्वाधार बैंक ४.६६, लाइफ इन्स्योरेन्स कम्पनी ४.२८, माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए । त्यस्तै, सानिमा लार्ज क्याप फण्ड ३.४३, एक्सेल डेभलपमेन्ट बैंक ३.४२, जानकी फाइनान्स ३.२६, माउण्टेन इनर्जी नेपाल २.९४ र सपोर्ट माइक्रोफाइनान्सका लगानीकताृले २.९१ प्रतिशतले गुमाए ।

 


Thali Mobile Pvt.Ltd.