नेम्वाङको निधनका कारण महासचिव पोखरेल चीनबाट फर्किँदै

नेम्वाङको निधनका कारण महासचिव पोखरेल चीनबाट फर्किँदै

काठमाडौं । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण महासचिव शंकर पोखरले चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किँदै छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा केही दिनदेखि चीन भ्रमणमा रहेको छ ।

महासचिव पोखरेलसहितको टोली आज छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.