भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

“न जाऊ…अब काला पहाड !”

“न जाऊ…अब काला पहाड !”

आटो ढिड़ो खाऊँला, घास दाऊरा जाऊँला

आफ्नै गाऊँमा केही न केही, नयाँ गरौंला

बाँजो खेत जोतौंला, फल बिरुवा रोपौंला

फल, फूल, तरकारी बिक्री गरौंला

न जाऊ बूढा….अब काला पहाड़ !

गाई भैंसी पालौंला, खेतमा मल फालौंला

दूध, दही र घिउ बिक्री गरौंला

डाँडामा स्याऊ फलाऊँला, पाखामा टिमुर फलाऊँला,

बरु, बाख्रा र कुखुराको व्यापार गरौंला

न जाऊ छोरा….अब काला पहाड़ !

छोराछोरी हुर्काऊँला, पढ्न लेख्न पठाऊँला

घर सानो भए के भो त, सँगै सबै अटाऊँला

धाराको चीसो पानी पिऊँला, मस्त आफ्नो जीवन जीऊँला

बूढा आमाबुवाको सेवा गरौंला

न जाऊ दाजु….अब काला पहाड़ !

घरको बारी पलाऊँला, ताज़ा र शुद्ध तरकारी खाऊँला

आफ्नै भाषा र संस्कृतिमा रमाऊँला

सानालाई संस्कार दिऊँला, ठूलाको आशीष लिऊँला

जीवनमा असल बन्ने प्रयास गरौंला

न जाऊ भाई….अब काला पहाड़ !

बच्चाहरु हुर्केको आँखा अगाड़ी हेरौंला

जाँगर र परिश्रमले दुःखका दिन फेरौंला

छोराछोरीलाई पढ़ाऊँला, डॉक्टर र इंजिनियर बनाऊँला

सेवा गर्न तिनिहरुलाई गाऊँमा नै फर्काऊँला

न जाऊ साथी….अब काला पहाड़ !  

राम्रो सँग पढौंला, हजुरले भनेको मानौंला

पढ्न लेख्न साथ साथै मेला पात पनि धानौंला

स्कूलबाट आई सके दाउरा चिरी ल्याऊँला

हामी पनि सँगै मिली काम गरौंला

न जाऊ बुवा….अब काला पहाड़ !   

 


Thali Mobile Pvt.Ltd.