भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

यी हुन कर्णाली आन्तरिक पर्यटन उत्थान समितिका संयोजक

यी हुन कर्णाली आन्तरिक पर्यटन उत्थान समितिका संयोजक

काठमाडौं । कर्णाली प्रदेशका पर्यटन व्यवसायी ललितजंग महत कर्णालीको पर्यटन उत्थान समितिको संयोजकमा नियूक्त भएका छन् । नेपाल पर्यटन वोर्डले कर्णाली प्रदेश आन्तरिक पर्यटक पुर्नउत्थान समिति कर्णाली प्रदेश संयोजकको जिम्मेवारी दिएको हो । पर्यटन वोर्डका कार्यकारी प्रमुख डाक्टर धनन्जय रेग्मीको हस्ताक्षरित नियुक्तिपत्रमा उनलाई कार्य जिम्मेवारी सहित तोकिएको छ ।

पत्रमा नेपालको पर्यटन क्षेत्रको उत्थानको मुख्य उद्देश्यका साथ पर्यटन व्यवसायीहरुको प्रतिनिधिमुलक संस्था पर्यटन व्यवसायीहरु र अन्य सरोकारवालाहरु समावेश गरी देशका सात वटै प्रदेशमा आन्तरिक पर्यटन पुर्नउत्थान समिति गठन गर्ने योजना अनुसार जिम्मेवारी तोकिएको हो । महतले सरकारले दिएको जिम्मेवारी पुरा गर्ने बताएका छन् ।

हवाई सेवामा सौलियत 
आन्तरिक पर्यटनलाइ टेवा दिने उदेश्यले दशैको अवसरमा हवाईसेवा सौलियतमा शुरु गरिएको महतले कैलाश खबरलाइ बताए । गो कर्णाली टुर एण्ड ट्राभल्सका सञ्चालक समेत रहेका महतले नेपालगंज देखी जुम्ला र जुम्ला नेपालगंजका लागि अब ४ हजार १ सय रुपैया कायम गरिएको बताए । सिता एयरले कात्तिक १ गतेबाट सुर्खेत जुम्ला र २ गतेवाट सुर्खेत जुम्ला रु चार हजार एक सयमा उडान भरिसकेको छ ।

पर्यटन व्यवसायमा टेवा
पर्यटकका लागि व्यवसायीक रुपमा गो कर्णाली ट्राभल एण्ड टुर प्रालिले सहज सेवा दिइरहेको छ । जुम्लामा स्नोल्याण्ड होटलसँगै नेपालगंज सुर्खेत गो कर्णाली नामक सानो गाडि संचालनमा ल्याएर सेवा शुरूगरेको प्रालिले सानो गाडिको यात्राले यात्रु खुसी भएका थिए । अहिले विशेष छुटमा यात्रा अवसर राखेर यात्रुलाइ विशेष सेवा दिइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.