भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

पटाका उद्योगमा आगलागी, १९को मृत्यु

पटाका उद्योगमा आगलागी, १९को मृत्यु

(रासस÷एएफपी) । भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार घटना भएको हो । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताउनु भयो । उहाँका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो ।

“घटनामा परी अरु ३४ भन्दा बढी घाइते भएका छन्, उनीहरु सवैको अहिले उपचार भइरहेको छ, उनीहरु मध्ये केहीव्यक्तिको शरिरका धेरै भागजलेका छन्, त्यसैले उनीहरुको अवस्था गम्भीर रहेको छ,” उहाँले भन्नुभयो । कन्नानले दिएको जानकारीअनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए । स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ । प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै राहत दिने घोषणा गर्नु भएको छ । उहाँले मृतकहरुलाई परिवारलाई दुई लाख रुपैयाका दरले दिने घोषणा गर्नु भएको हो ।

 


Thali Mobile Pvt.Ltd.