भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

पनौतीको सुन्दर बस्तीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाईते

पनौतीको सुन्दर बस्तीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाईते

काभ्रे । पनौती नगरपालिका वडा नम्बर ५ सुन्दर बस्तीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठ जना घाईते भएको प्रहरीले जनाएको छ । आज विहान दुर्घटना भएको हो ।

काठमाण्डौबाट रामेछापका लागि छुटेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ज ०२९८ नम्बरको ईलेक्ट्रोनिक गाडिले ठक्कर दिएर भाग्ने क्रममा गाडी सडकको नालिमा खस्दा दुर्घटनामा परेको हो ।

गाडीमा सवार रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ की २० बर्षीय रमिला बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही गाडीमा सवार मन्थली नगरपालिका वडा नम्बर १ की २३ बर्षीय पुष्पा तामाङ,

रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ का ५१ बर्षीय टंक प्रसाद दाहाल, रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ की ४० बर्षीय ज्ञानु ढुंगेल, रामेछापको मन्थली नगरपालिका वडा नम्बर २ का १८ बर्षीय रकिट ढुंगेल,

रामेछापको खिुतामाकोसी गाउँपालिका वडा नम्बर ६ कका ३८ बर्षीय अनिल आलेमगर र सिन्धुली सुनकोसी गाउँपालिका ३ की उर्मीला घिमिरे घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मोटरसाइकल चालक ईलामको थाकथुम गाउँपालिका वडा नम्बर ३ का ४० बर्षीय राम कुमार राई र उनकी श्रीमती अन्दाजी ३९ वर्षीय प्रविशा सुनुवार घाईते भएका छन् ।

घाईतेको अवस्था सामन्य रहेको र धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गाडी चालक पनौती नगरपालिका वडा नम्बर ५ का ४१ बर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 


Thali Mobile Pvt.Ltd.