भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

पप्पु कन्स्ट्रक्सनका कारण पुल अलपत्र, स्थानीयलाई सास्ती

पप्पु कन्स्ट्रक्सनका कारण पुल अलपत्र, स्थानीयलाई सास्ती

टिकुलियाघाट । गौर र ईशनाथ नगरपालिका जोड्ने टिकुलियाघाटमा बन्दै गरेको पुल पप्पु कन्स्ट्रक्सनका लापरवाहीका कारण नबन्दा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।

बाँसको पुल सहारा बनाएर आवतजावत गर्न स्थानीय बाध्य भएको बताए छन् । २६ असार ०७१ मा पप्पु कन्स्ट्रक्सनले निर्माण ठेक्का पाएको थियो । प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको सो पुल ६ वर्ष बित्दा पनि निर्माण सम्पन्न नभए स्थानीयले बताएका छन् ।

रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिका जोड्ने सो पुल २५ असार ०७४ मै सम्पन्न हुनुपर्ने सम्झौतामा उल्यख छ तर, हालसम्म करिब ५० प्रतिशत पनि काम नभएको स्थानीयले बताएका छन् । सडक डिभिजन कार्यालय हेटौँडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा दुई सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो ।

समयमा काम नगर्ने ठेकेदारमाथि राज्यले कारबाही नगरेका कारण समस्या उत्पन्न भएको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले बताए । सम्झौताअनुसार समयमा काम गर्दैन, त्यस्ता ठेकेदारलाई कारबाही गर्नुपर्ने गुप्ताको भनाई छ । ठेकेदारमाथि राज्य किन उदार देखिएको छ ? जसका कारण पुल बन्न नसकेको तर्क स्थानीयको छ ।

 


Thali Mobile Pvt.Ltd.