भर्खरै : Sorry, your browser does not support inline SVG.

‘फिदा’ सार्वजनिक

‘फिदा’ सार्वजनिक

काठमाडौँ । गीतकार सुमन योञ्जनको शब्द, गायिका दिपा लामा र गायक सुमन केसीको युगल स्वरमा समावेश ‘फिदा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ भर्सनको यस गीतलाई दिपक शर्माले संगीतवद्द गरेका हुन्। गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्। भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।

अमेरिकाको पेन्सिलभिनिया राज्य निवासी हर्क राई र मधु राईको लगानीमा निर्मित यस भिडियोलाई केन्द्र मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 


Thali Mobile Pvt.Ltd.