गण्डकी । परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।
फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को मञ्चनसहित फिल्मको प्रचारात्मक कार्यक्रम भइरहेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए। विद्यालय र कलेजमा गीति नाटक देखाउने गरिएको उनको भनाइ छ ।
फिल्मको निर्माण टिमले बिहीबार र शुक्रबार पोखराका विभिन्न विद्यालय र कलेजमा नाटक मञ्चनसहित फिल्मबारे जानकारी गराएको थियो ।
फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी पनि फिल्म प्रवद्र्धनमा सक्रिय छन्। सपूत अध्ययनका लागि विदेशिएको युवाको भूमिका फिल्ममा देखिँदै छन् ।
