भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पर्यटन पुनःउत्थान भ्रमण

पर्यटन पुनःउत्थान भ्रमण

गण्डकी । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ ।

पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मीकि आश्रम, शाश्वत धाम, मौलाकालिका, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण गर्ने सङ्घका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।

भ्रमणका क्रममा लामो समयदेखिको कोरोना कहरले धार्मिक पर्यटकीय क्षेत्रमा पारेको प्रभाव तथा आगामी दिनमा धार्मिक पर्यटनका गतिविधि चलायमान कसरी चलायमान बनाउने लगायतका विषयमा सरोकारवालाबीच छलफल गरिने उनले बताए ।

टोलीलाई पोखरामा विदाइ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता भएको बताए । कोरोना प्रभावित पर्यटनलाई आगामी दिनमा कसरी चलायमान बनाउने भन्नेतर्फ सरकार लागेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.