भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

पशुपक्षी पाल्ने किसानले निब्र्याजी ऋण पाउने

पशुपक्षी पाल्ने किसानले निब्र्याजी ऋण पाउने

त्रिशूली । पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निब्र्याजी ऋण दिने भएको छ ।यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा निब्र्याजी ऋण उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनभुयो ।

उहाँका अनुसार पशुपक्षीपालन गर्ने किसानको व्यावसायिक योजनाका आधारमा कुल लगानीको २० प्रतिशतसम्म वा बढीमा रु १० लाख उपलब्ध गराउने गरेर ‘बीउ पूँजी परिचालन कोष’ सञ्चालनमा ल्याइएको छ ।

उक्त कोषमार्फत किसानले पेस गरेको व्यावसायिक योजनाका आधारमा तीन किस्तामा निब्र्याजी रकम प्राप्त गर्न सक्नेछन् ।“किसानले अनुदान लिन पशुपक्षीपालनको दर्ता गरिएको तथा सञ्चालनमा रहेको फार्मले सुरुआतमा १० प्रतिशत, काम सुरु तथा विस्तारपछि ४० प्रतिशत र सम्पन्नपछि अन्तिम तथा तेस्रो किस्तावापत ५० प्रतिशत रकम पाउनेछन्”, पाण्डेले भन्नुभयो, “किस्ता प्राप्त गरेपछि किसानले हरेक वर्ष २० प्रतिशतका दरले पाँच वर्षमा उक्त निब्र्याजी रकम फिर्ता गरिसक्नुपर्नेछ ।”

नुवाकोटका किसानलाई निब्र्याजी रकम उपलब्ध गराउन ‘बीउ पूँजी परिचालन कोष’मा अहिले रु एक करोड ५० लाख रहेको छ । अपुग रकम बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराउने छ ।

मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पशुपक्षीपालक, कृषि फार्म सञ्चालन गर्ने तथा गरिरहेका किसानलाई उपलब्ध गराउन चालु आर्थिक वर्षमा रु ५५ करोड बजेट विनियोजन गरेको छ ।

अघिल्ला वर्षमा लगानी र उत्पादनमा आधारित भएर दिँदै आएको अनुदान कटौती गर्दै चालु आवदेखि किसानलाई निब्र्याजी ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रमले परम्परागत शैलीको पशुपालन व्यवसायलाई आधुनिकीरकण, यान्त्रिकीकरण गर्दै पशुपक्षीजन्य उत्पादनको वृद्धि विविधिकरण र बजारीकरणलाई व्यवस्थित गर्न सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.