भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

पहिराले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

पहिराले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पुर्‍याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम्मको सिँचाइ कुलोमा पानीको बहाव बढेपछि कुलोमुनिबाट पहिरो बगेको त्यहाँका स्थानीयवासीको भनाइ छ ।

पहिराले पाकेको गहुँबाली बगाएपछि किसान चिन्तित भएका छन् । बाली भित्र्याउने समयमा भित्र्याउनै नपाई पहिराले कोरी लुछी बगाएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । उक्त स्थानका करिब २० परिवारको गहुँ, जौँ बालीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । पाकेको बाली भित्र्याउन तयार रहेका किसानको बाली एक्कासि पहिरोले बगाएपछि बाली भित्र्याउने सपना पहिरोले गुमाइदिएको छ । एकातिर दोस्रो भेरियन्टका रूपमा फैलिरहेको कारोना भाइरसको चिन्ता छ, भने अर्कोतिर झन् अब बाली नै नष्ट पारेपछि भोकमरीको चिन्ताले किसानलाई पिरोलेको छ ।

अविरल वर्षा नरोकिएमा पहिरो पुनः जाने सम्भावना बढेको छ । यस्तै २० घर पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी मेघराज शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँमाथि रहेको खेतबारीमा पाकेको गहुँ, जौँलगायत बाली नष्ट पारिसकेको र अझै वर्षा नरोकिएमा पहिरो आएर घर बगाउने जोखिम रहेको शाहीको भनाइ छ । पहिरोको उच्च जोखिममा रहेका घरपरिवारलाई तत्काल घर खाली गरी सुरक्षित स्थानमा बस्न लगाइएको छ । खेतीयोग्य जमिनसमेत पूरै बगाइसकेको र घर पनि पहिरोको उच्च जोखिममा रहेको उक्त स्थानका बासिन्दालाई ठूलो सङ्कट सिर्जना भएको छ । कोरोना महामारीले सङ्कट सिर्जना भएको बेला निरन्तरको अविरल वर्षाले समेत क्षति पु¥याउन थालेपछि बाजुरामा थप समस्या हुन थालेको छ । वर्षायाम नजिकिएसँगै बाजुराका अधिकांश स्थानका बासिन्दालाई चिन्ता बढ्न थालेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.