पहिलो एकदिवसीय क्रिकेटमा भारतमाथि अष्ट्रेलियाको जित

पहिलो एकदिवसीय क्रिकेटमा भारतमाथि अष्ट्रेलियाको जित

अष्ट्रेलिया । अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । सिड्नीमा शुक्रबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको हो । अष्ट्रेलियाले दिएको ३ सय ७५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८ रन मात्र बनाउन सक्यो । भारतका लागि हार्दिक पाण्डयले ९० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा रबिन्द्र जडेजाले २५ रन बनाए ।

कप्तान विराट कोहली २१ रनमा आउट हुँदा मायांक अग्रवालले २२ रन बनाए ।नाभदिप शैनीले अविजित रहदै २९ रन जोडे । अष्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए । जोश हाजलउडले ३ विकेट लिए । मिचेल स्टार्कले १ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो । अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्च र स्टिभ स्मिथले शतकीय इनिङ्स खेले । कप्तान फिन्चले १ सय १४ रनको शतकीय इनिङ्स खेल्दा ९ चौका र २ छक्का प्रहार गरे । फिन्चको यो १७ औं एकदिवसीय शतक हो । स्मिथले १ सय ५ रनको शतकीय इनिङ्स खेले । उनको यो १० औं एकदिवसीय शतक हो ।

त्यस्तै डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्स्वेलले ४५ रन बनाए । मार्कुस स्टोनिस सुन्य रनमा आउट हुँदा मार्नुस लाबुसेनले २ रन बनाएर आउट भए । एलेक्स केरी १७ रनमा अविजित रहदा पाट कुमिन्स १ रनमा अविजित रहे । भारतका मोहमद शामीले ३ विकेट लिए । जस्प्रित बुम्राह, नाभदिप शैनी र युभेन्द्र चाहलले १र१ विकेट लिए । जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ । रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

 


Thali Mobile Pvt.Ltd.