भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

पाँचाैँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि

पाँचाैँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला भदौ १६ देखि

काठमाडौँ । पाँचोे अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला यही भदौ १६ देखि काठमाडौँमा हुने भएको छ । महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ आगामी भदौ १६ देखि २१ गतेसम्म उक्त मेला आयोजना हुन लागेको हो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि देखिएको कोभिड सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट मेला आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष रीता सिंहले जानकारी दिए।

महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाहरुको प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र बिक्रीका लागि एक साझा स्थल सृजना गर्ने, अनलाइन बजारीकरणका लागि महिला उद्यमीलाई प्रोत्साहन गर्ने, सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्धको स्थापना र सञ्जालीकरण निर्माणका लागि प्रोत्साहन गर्ने उक्त मेलाको उद्देश्य रहेको छ । यस्तै मेलाले नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई लागत प्रभावकारी प्लेटफर्मतर्फ प्रोत्साहन गर्ने, उत्पादन र क्रेताहरुको एक विस्तृत दायरामा ल्याई एउटै प्लेटफर्मबाट लाभ लिने, व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयका लागि उत्कृष्ट अनलाइन अवसरको खोजी गर्ने लक्ष्य लिइएको छ ।

मेलाका विशेष आकर्षणका रुपमा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हातेकागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका कक्षहरु हुनेछन् । ७९ कक्ष रहने उक्त मेलामा ५७ महिला उद्यमीका कक्ष र २२ जिल्ला महिला उद्यमी सङ्घलाई प्रतिनिधित्व गर्ने कक्ष रहने महासङ्घले जनाएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.