भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

पाँच उत्कृष्ट किसान पुरस्कृत

पाँच उत्कृष्ट किसान पुरस्कृत

बागमती । बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो ।

पुुरस्कृत हुनेमध्ये पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौँका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेलापात अर्गानीक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ रहेका छन् ।

मन्त्रालयले प्रदेशभित्र किसानका विभिन्न विधाअन्तर्गत दूध उत्पादन, प्रशोधन, विविधकरण तथा बजारिकरण क्षेत्रमा अतुल्य योगदान पुयाउँदै आएका किसानलाई पुरस्कृत गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.