भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी

पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी

काठमाडौँ । आइतबार राति लिड्समा भएकाे पाकिस्तानविरूद्धको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्ड विजयी भएको छ । खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ४५ रनले हराएको हो । इंग्ल्यान्डले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका मोहमद रिजवानले ३७ रन जोड्दा शादब खानले अविजित ३६ रन बनाए । कप्तान बाबर आजम २२ रनमा आउट भए । बलिङमा इंग्ल्यान्डका साकीब महमुदले ३ तथा मोइल अली र आदील राशिदले २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १९ ओभर ५ बलमा अलआउट हुँदै २०० रन बनाएको थियो । इंग्ल्यान्डका जोस बट्लरले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । मोइन अलीले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले ३८ रन बनाए ।जितसँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.