भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तान सरकारलाई जवरजस्ती शरणार्थीहरुलाई निर्वासित नगर्न आग्रह

पाकिस्तान सरकारलाई जवरजस्ती शरणार्थीहरुलाई निर्वासित नगर्न आग्रह

एजेन्सी । एक महिनाभित्र पाकिस्तान छाड्न पाकिस्तान सरकारले २० लाख अफगानी शरणार्थीलाई आदेश दिएको छ । ठुला आत्मघाती विस्फोटका घटनामा अफगानी शरणार्थीको हात रहेको दावी गदै उनीहरुलाई तत्काल पाकिस्तान छाड्न पाकिस्तान सरकारले आदेश दिएको हो ।

करिव २० लाख बढी शरणार्थी ४० वर्षदेखि पाकिस्तानमा बस्दै आएका छन् । खैवर जनजाती बसोवास रहेको जिल्लाका अब्दुल नासिर खानका अनुसार अफगान तोरखम सीमाबाट करिव २४ हजार अफगानी बुधबार आफ्नो देश प्रवेश गरेका छन् । सयुंक्त राष्ट्र शरणार्थी उच्च आयोग युएनएससीआरका अनुसार पाकिस्तानमा ४० लाख बढी अफगानी शरणार्नीहरु रहेका छन् जसमा कतिपय शरणार्थीको जन्मनै पाकिस्तानमा भएको हो ।

सयुक्त राष्टसंघ लगायत पश्चिमी देशहरुले भने पाकिस्तान सरकारलाई जवरजस्ती शरणार्थीहरुलाई निर्वासित नगर्न आग्रह गरको छ । यता पाकिस्तान सरकारले बुधवारसम्म करिव दुइ लाख बढी शरणार्थीले आफ्नो इच्छाले पाकिस्तान छाडेर अफगानस्थान जानुका साथै तीन लाख सीमामा रहेको जनाएको छ ।

अफगानी शरणार्थीहरुले सुरक्षाबलले आफुहरुको सामान समेत निकाल्न नदिइ आफुहरुको घरमा बुलडोजर चलाएका कारण ससाना बच्चासहित भोकभोकै कैयो किलोमिटरसम्म हिडेरै सीमामा आउनु परेको आरोप लगाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.