भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाटेबाघको आक्रमणबाट २ जनाको मृत्यु, मान्छे खान थालेपछि स्थानीय त्रसित

पाटेबाघको आक्रमणबाट २ जनाको मृत्यु, मान्छे खान थालेपछि स्थानीय त्रसित

बर्दिया । पाटेबाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका(३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो ।

नगरपालिका(३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजनल वन कार्यालय बर्दियाले जनाएको छ । जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे खान थालेपछि स्थानिय त्रसित भएका छन्। सरोकारवाला निकायले आक्रामक बाघ नियन्त्रण गर्नुपर्ने माग स्थानीयको छ ।

मंगलबार बिहानैदेखि हराएका उमेशलाई केही साथीसँग सामुदायिक वनमा खोज्न गएका बेला दिनेशलाई बाघले आक्रमण गरेको थियो । सँगै गएका साथीहरु उनलाई बाघले आक्रमण गरेपछि गाउँमा आएर होहल्ला गरी सुरक्षाकर्मी सहितको टोली वनमा पुगेको थियो ।

 


Thali Mobile Pvt.Ltd.