भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

पीएसजीले म्यानचेस्टर युनाइटेडलाई हरायो

पीएसजीले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाण्डौ । युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन पीएसजीले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । समूह एच अन्तर्गत फ्रान्सेली क्लब पीएसजीले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले हराएको हो । पीएसजीको जितमा नेइमारले २ र एक गोल माक्र्युनोसले गरे । त्यस्तै युनाइटेडका लागि एक गोल मार्कोस राशफोर्डले फर्काए ।

युनाइटेडका फ्रेडले खेलको ७० औं मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । युनाइटेडलाई हराएको पीएसजीलाई नकआउट चरण पुग्न सहज भएको छ । पीएसजीले युनाइटेडलाई हराएपछि समूह एचमा पीएसजी, युनाइटेड र आरबी लेइपजिंगको ९–९ अंक रहेको छ । त्यस्तै इस्तानबुल बासाकसेहिरको ३ अंक छ । समूह एचको अर्को खेलमा आरबी लाइपजिंगले इस्तानबुललाई ४–३ गोलले हरायो । अब अन्तिम खेलमा पीएसजीले इस्तानबुलसँग खेल्नेछ भने युनाइटेडले आरबी लेइपजिंगसँग खेल्नेछ । समुह चरणको अन्तिम खेल डिसेम्बर ९ मा हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.