वेलायत । बेलायत संसारको पहिलो यस्तो देश बनेको छ जसले फाइजर–बायोएनटेकको कोरोनाभाइरस भ्याक्सिनको व्यापक प्रयोगका लागि मञ्जुरी दिएको छ । बेलायतको स्वास्थ्य नियामक एमएचआरए मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी (एनेन्सी) ले बताए अनुसार यो भ्याक्सिन कोरोनाभाइरसको संक्रमितलाई ९५ प्रतिशतसम्म ठिक गर्न सक्छ र अर्को हप्तासम्म लञ्च गर्नका लागि यो सुरक्षित छ ।
कोरोनासँग बच्नका लागि खोप दिने अभियान अबको केही दिनमा नै सुरु हुनसक्छ । सुरुमा अत्यावश्यक परेका मानिसहरुलाई वा जसको स्वास्थ्य स्थिती नाजुक अवस्थामा छ, उनीहरुलाई भ्याक्सिन दिइनेछ । बेलायतले पहिले नै यो खोपको चार करोड डोजको अर्डर दिएको छ । हरेक व्यक्तिलाई खोपका दुई डोज दिइनेछ । अर्थात्, हाल दुई करोड मानिसले खोप पाउने सम्भावना छ । यो संसारको सबैभन्दा तीब्र गतिमा विकसित गरिएको भ्याक्सिनहो जुन बनाउन १० महिला लाग्यो । साधारणतया यस्ता भ्याक्सिन तयार हुन एक दशकसम्मको समय लाग्छ ।
यद्यपि, जानकारका अनुसार भ्याक्सिन लगाउँदा समेत मासिनहरुले संक्रमण रोक्ने नियमको पालना गरिरहनुपर्छ । यो एक नयाँ तरिकाको एमआरएनए कोरोना भ्याक्सिन हो जसमा महामारीका बेला जम्मागरिएका कोरोना भाइरसको जेनेटिक कोडको स–साना टुक्राको प्रयोग गरिएको छ । कम्पनीका अनुसार जेनेटिक कोडका सानो टुक्राले शरीर भित्र रोग प्रतिरोधी शक्ति बढाउँछ र कोभिड–१९ विरुद्ध शरीरलाई लड्नका लागि तयार राख्छ ।
