भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ प्रतिलिटर कायम

पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ प्रतिलिटर कायम

काठमाण्डौ । नेपाल आयल निगमले खाना पकाउने ग्याँससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढाएको छ । सरकारले शुक्रबार फेरि इन्धनको भाउ बढाएको हो । आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएर आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ रुपैयाँ पुगेको छ । एलपी ग्याँसमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले बढाएर एक हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।oil nigam

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेकाले घाटा कम गर्न भन्दै स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मूल्य १ सय ३३ रुपैयाँ कायम गरेको हो । डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर १ सय १६ रुपैयाँ पुगेको छ ।

निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य वृद्धि भई आउँदा निगमले मूल्य समायोजन गरेको थिएन ।पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू १२.५५, डिजेलमा प्रतिलिटर रू ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर रू ४६१.२२ घाटा हुने निगमको दावी छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकोले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको विज्ञप्तिमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.