भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लव नेकपा देशव्यापीको आन्दोलन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विप्लव नेकपा देशव्यापीको आन्दोलन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

मूल्यवृद्धिविरुद्ध विप्लव नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । विरोध देखि मसाल जुलुश सम्मका कार्यक्रम घोषणा गर्दै पार्टी महासचिव विप्लवले एक वक्तव्य समेत जारी गरेका छन् ।

देश व्यापी घोषित कार्यक्रम अनुसार आज विरोध पर्दशन गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने सो पार्टीले जनाइएको छ । मूल्यवृद्धि फिर्ता नलिए ३० गते नेपाल बन्द गर्ने विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.