भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

पोर्चुगलको शानदार जित

पोर्चुगलको शानदार जित

एजेन्सी । कप्तान क्रिस्टियानो रोनाल्डोबिनै यूईएफए नेसन्स लिगको सुरूवात गरेको पोर्चुगलले क्रोएसियामाथि ४(१ को जित दर्ता गरेको छ । नेसन्स लिगको साविक विजेता पोर्चुगलले विश्वकप उपविजेता क्रोएसियामाथि एकपक्षीय खेल प्रदर्शन गर्‍यो ।

पहिलो हाफमा ४१औं मिनेटमा जोआओ क्यान्सेलोले गरेको गोलबाट अग्रता लिएको पोर्चुगलले दोस्रो हाफमा तीन गोल गर्‍यो । पोर्चुगलका लागि डीओगो जोटाले ५८औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए । ७०औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे ।

खेलको ९०औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जीत पक्का गरे । क्रोएसियाका लागि इन्जुरी समयको दोस्रो मिनेटमा पेट्कोविचले एक गोल फर्काए । खुट्टाको औँलामा माहुरीले टोकेपछि इन्फेक्सनले मैदान उत्रन नसकेका रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.