भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्रकाशशरण महत पहिलो (सूचीसहित)

प्रकाशशरण महत पहिलो (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम तेस्रो नम्बरमा राखिएको छ ।

खसआर्यको महिला तर्फको पहिलो नम्बरमा अम्बिका बस्नेतको नाम राखिएको छ । दोस्रोमा झापाकी सरीता प्रसाईंको नाम छ । गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम छैटौँ नम्बरमा छ ।

पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता प्रकाशरण महतको नाम छ । दोस्रोमा वसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगानाको नाम राखिएको छ ।

सुरुमा निर्वाचन आयोगमा बुझाइएको सूचीलाई कांग्रेसले संशोधन गरेको हो । शेखर कोइराला पक्षको व्यापक दबाबपछि वरीयतामासमेत तलमाथि गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.