काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री ओली पक्षीय बैठक सुरु भएको र बैठकले प्रचण्ड– नेपाललाई कारबाही गरेको प्रधानमन्त्री ओलीका प्रेस सलाहकार सुर्य थापाले जनाएका छन् । निर्धारित समयभन्दा २ घण्टा ढिलागरी बैठक बसेको बताइएको छ । यता प्रचण्ड नेपाल पक्षले १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

ओली पक्षका केन्द्रीय सदस्यहरुको बालुवाटारमा सहभागी बैठक
उता ओलीपक्षले नयाँ केन्द्रीय सदय थप्ने तयारी थालेको बुझिएको छ । प्रचण्ड–नेपाललाई पहिले नै कारबाही गरिसकेको ओली पक्षले दाबी गरेपनि पुष्टि भने भइसकेको छैन् । यता प्रचण्ड–नेपाल पक्षले ओलीलाई अनुशासनको कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई बुझाईसकेको छ ।

