भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

प्रतिदिन १० हजारको पिसिआर जाँच हुन्छः स्वास्थ्यमन्त्री ढकाल

प्रतिदिन १० हजारको पिसिआर जाँच हुन्छः स्वास्थ्यमन्त्री ढकाल

२०७७ जेठ २६ सोमबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक दिन १० हजारको संख्यामा पिअिसार परीक्षण रिर्पोट दिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री ढकालले असार १५ बाट पिसिआरको परीक्षण दायरा बढाएर प्रतिदिन १० हजार जाँच हुने बताए । उनले भने,‘ दिनदिनै सिमा कटेर आउने संख्या धेरै छ ।

हामीले असार १५ सम्म सातै प्रदेशमा ठूलामेसिन जडान गरी प्रत्येक दिन १० हजारको रिर्पोट दिने गरी तयारीमा लागेका छौँ ।’ उनले परीक्षणको सवालमा नेपाल एसियामा राम्रो स्थानमा रहेको दाबि गरे।भिडियो…

https://www.facebook.com/Kailashkhabarnews/videos/254567805989837/

 

सांसदहरुले कोरोना परीक्षण कम भएको, आरडिटीको गुणरीयतालगायतबारे प्रश्न उठाएका थिए । उनले आरडिटी परिक्षणलाई संक्रमण पत्ता लगाउन नभई स्क्रिनिङको लागि मात्र प्रयोग गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.