भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

प्रथम राष्ट्रपति डा.यादव र पूर्वराजा शाहबाट टीका ग्रहण

प्रथम राष्ट्रपति डा.यादव र पूर्वराजा शाहबाट टीका ग्रहण

काठमाडौँ, । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गर्नुभएको छ । बडादशैँ मनाउन गृहनगर पुग्नुभएका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गर्नुभएको छ । पूर्वराजा शाहले पूर्वनायब बडा गुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्रा डा. माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.