भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई सरकारका कामकारबाही र कामकारबाहीलाई छिटो, छरितो बनाउँन थप सुझावसहित निर्देशन दिन लागेका हुन् ।

यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट हुँदै आएका काम र सचिवलगायतका कर्मचारीहरुको कार्यशैलीबारे राखेको जिज्ञासामा अधिकांश मन्त्रालयका सचिवहरुको ब्रिफिङ सकिएको थियो । आज मंगलबार बाँकी मन्त्रालय र आयोगहरुका सचिवहरुबाट ब्रिफिङ हुनेछ । सरकारको सफलता र असफलतामा कर्मचारी संयन्त्रको ठूलो भूमिका हुने भएकाले सरकारको लक्ष्य प्राप्तिका लागि कर्मचारी संयन्त्र चुस्त, तुरुस्त हुनुपर्ने प्रधानमन्त्रीको भनाई र सोही अनुसार काम गर्नुपर्ने बताइएको छ ।

प्रचण्डको सचिवालयका सदस्य सूर्यकिरण शर्माले आजको ब्रिफिङ सकिएपछि प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.