भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्रधानमन्त्री प्रचण्ड कोरला नाका निरीक्षण गर्न पुगे

प्रधानमन्त्री प्रचण्ड कोरला नाका निरीक्षण गर्न पुगे

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाकाको निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मुक्तिनाथ र कागबेनीको निरीक्षण गरेका हुन । ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई मुस्ताङे जनताले भव्य स्वागत गरेका छन्।

कोरला निरीक्षण गरेर फर्किएपछि जोमसोममा जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ । मुस्ताङका नागरिकसँग जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्न मुस्ताङ पुगेका प्रधानमन्त्री प्रचण्ड नाका निरीक्षणका लागि गएका हुन् ।

मुस्ताङ रेन स्याडो जोन भए पनि आजभोलि वर्षा धेरै हुन थालेको छ । गत साउन २८ गते कागबेनीमा बाढी आएको थियो । नेपालकै सबैभन्दा कम पानी पर्ने कागबेनीमा बाढी आएपछि विश्व समुदायको ध्यानाकर्षण भएको छ ।

 


Thali Mobile Pvt.Ltd.