भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

प्रधान सेनापति महारथी शर्मासँग शिष्टाचार भेटघाट

प्रधान सेनापति महारथी शर्मासँग शिष्टाचार भेटघाट

काठमाडाैं । संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि सेक्रेटरी जनरल जीन पियरे ल्याक्रोक्स (Under-Secretary General for Peace Operations, Mr Jean Pierre Lacroix) ले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएकाे हाे । नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्रोक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यसैगरि नेपालका लागि म्यानमारका गैर-आवासीय सैनिक सहचारी ब्रिगेडियर जनरल (Brigadier General Ye Htut) ले प्रधान सेनापति महारथी शर्मासँग भेटघाट गरेका थिए । उक्त भेटघाटमा आपसी चासोका विषयहरुमा छलफल भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.