भर्खरै : Sorry, your browser does not support inline SVG.

संसद विघटनकाे सिफारिस लिएर प्रम ओली शितल निवास, दलमा छायाे नयाँ तरंग

संसद विघटनकाे सिफारिस लिएर प्रम ओली शितल निवास, दलमा छायाे नयाँ तरंग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहदा प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन । पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गरेको बुझिएको छ । प्रधानमन्त्रीको यो निर्णयले राजनीति दलहरुमा नयाँ तरंग छाएको छ ।

संसद विघटनको बाटो रोजे

पार्टीभित्रैबाट राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले अब के गर्लान् ? भन्ने अड्कलवाजी भइरहदा उनले संसद विघटनको बाटो रोजेका छन् । जानकारहरुले तीन विकल्प सारेका थिए ।

निकटहरुसँग परामर्श गर्दा तीनवटा विकल्पमा छलफल गरेका ओलीले पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । तीनवटै विकल्पमा छलफल चलाएका ओलीले अन्तमा संसद विघटनको बाटो लिए ।

 


Thali Mobile Pvt.Ltd.