भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्राकृतिकभन्दा मानवीय कारणले विपद्को जोखिम वृद्धि

प्राकृतिकभन्दा मानवीय कारणले विपद्को जोखिम वृद्धि

काठमाडाैं । प्राकृतिकले भन्दा मानवीय कारणले मुलुकमा विपद्को जोखिम वृद्धि भइरहेकोले यसतर्फ सबैले ध्यान दिनुपर्ने सहभागीले सुझाव दिनुभएको छ । उहाँहरुले विपद्कोष रकमलाई रोकथामका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौँद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय विपद्सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा सहभागीले पूर्वाधार निर्माणमा वैज्ञानिक आधार तय गरी क्षति न्यूनीकरण गर्न सरोकारवालासँग समन्वय गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राहत तथा पुनः स्थापना कार्यलाई स्थानीय तह केन्द्रीत व्यवस्था हुनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा बाढीपहिरो जस्ता विपद्का समयमा उद्धार जनशक्ति उत्पादन गर्न अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै स्थानीय तह विपद् कोषमा न्यून रकम भएकाले थप गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

प्राधिकरणका सहसचिव हरिप्रसाद घिमिरेले भावि योजना र विगतमा गरेको कामको कार्यपत्र प्रस्तुत गर्दै सबैको हातेमालोले विपद् जोखिम न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो । उपसचिव डा डिजन भट्टराईले प्रदेश तथा जिल्लामा रहेको जोखिमका सम्बन्धमा जानकारी लिनाका साथै केन्द्रले निर्माण गरेको नीति सम्बन्धमा जानकारी गराउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी कोषमा रु तीन करोड ५० लाख रहेको र यसलाई उद्धार कार्यमा खर्च गरिने जानकारी दिइयो । अभिमुखीकरणमा गृह मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विपद् उद्धार कार्यमा सहयोग गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.