प्रेस काउन्सिल लेखनवृत्ति नतिजा सार्वजनिक, सातै प्रदेशका पत्रकार (नामसहित)

प्रेस काउन्सिल लेखनवृत्ति नतिजा सार्वजनिक, सातै प्रदेशका पत्रकार (नामसहित)

काठमाडौँ । प्रेस काउन्सिल नेपालले २०७७ मङ्सिर २८ गते माग गरेको लेखनवृति आवेदनको नतिजा सार्वजनिक भएको छ । मिडिया विकास कोषको २०७७ पुष २० गते बसेको बैठकले अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

निर्धारित समयावधिमा परेका ४६ आवेदनमध्येबाट २१ जना आवेदकले प्रतिव्यक्ति १५ हजार राशिको लेखनवृत्ति प्राप्त गर्ने भएका छन् । प्रत्येक प्रदेशबाट तीन जनाको दरमा २१ जना आवेदक छानिएको मिडिया विकास कोषका सदस्य–सचिव झबिन्द्र भुसालले जानकारी दिए ।

काउन्सिलले २०७६ चैतदेखी २०७७ मङ्सिरसम्म प्रकाशित र प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो । तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरूलाई उनीहरूका सामग्रीको मुल्याङ्कन गरी नाम छनोट गरिएको उनले बताए ।

यी हुन छनौट भएका पत्रकार
प्रदेश – एक
भागिरथ भण्डारी – इलाम
मिकाइल आलम – सुनसरी
शिवप्रसाद ढुङ्गाना – ओखलढुङ्गा

प्रदेश – दुई
सुनिता बराल ९हेमकुमारी०– महोत्तरी
मनिका झा – धनुषा
राकेश चौधरी – महोत्तरी

प्रदेश – बाग्मती
उषा तामाङ – दोलखा
अनु आचार्य – रसुवा
निरमाया गुरुङ – धादिङ

प्रदेश – गण्डकी
दीपक परियार – कास्की
रोसन तिवारी – पर्वत
पिताम्बरी पराजुली ९पवित्रा० – नवलपरासी ९ब।सुपू०

प्रदेश – लुम्बिनी
कल्पना भट्टराई – नवलपरासी ९ब।सुप०
रेनुका गिरी – रुपन्देही
सपना बोहरा – दाङ

प्रदेश – कर्णाली
मेघराज खड्का – रुकुम
नरजङग तामाङ – हुम्ला
हिक्मत बहादुर नेपाली – दैलेख

प्रदेश – सुदुरपश्चिम
सत्यराज बहादुर सिंह – बझाङ
मोहन विष्ट – कन्चनपुर
दुर्गा देवकोटा – कैलाली

 


Thali Mobile Pvt.Ltd.