भर्खरै : Sorry, your browser does not support inline SVG.
सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन |

फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

काठमाण्डौ । कोरोना भाइरस विरुद्धको फाइजर खोप दीर्घरोगीलाई ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका हुन । फाइजर खोपको अभियान कार्तिक २८ गतेदेखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुँदैछ ।

फाइजर खोप नेपालसहित एक सय ३२ देशमा प्रयोग गरिएको र सुरक्षित देखिएको मन्त्रालयले जनाएको छ । खोपको दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ । खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । यो खोप दीर्घरोगीलाई लगाइसकेपछि बालबालिका लगाइनेछ ।

खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाइ लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुईरतीन दिनमा सिटामोल खाएपछि सञ्चो हुने डा सिंहले बताउनुभयो । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।

नेपाललाई अमेरिकाले एक लाख ६ सय २० मात्रा फाइजर खोप उपलब्ध गराएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमण सिंहले बालबालिका लागि फाइजर खोप लगाउन ६० लाख मात्रा खरिद गरिएको जानकारी दिए । उनले आउँदो पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.