भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

‘फाइबर टु द होम’ इन्टरनेट सेवा सञ्चालन

‘फाइबर टु द होम’ इन्टरनेट सेवा सञ्चालन

खलङगा । जुम्लामा फाइबर टु द होम इन्टरनेट सेवा सञ्चालनमा आएको छ । अनलाइन सेवा प्रवाहलाई छिटोछरितो गर्न तथा उपभोक्ताको राहतका लागि निजी लगानीमा सिम्पल इन्टेलिजेन्ट सिस्टम टेक्नोलोजी प्रालिले सो इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । फाइबर टु द होम इन्टरनेट सेवा जिल्लामा केही समय अघिदेखि सञ्चालनमा भएपनि शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सो इन्टरनेट सेवाको उद्घाटन गरेका हुन् । सानो लगानीबाट व्यवसायमा प्रवेश गरेर सङ्घर्ष गर्दै आएका हिमा गाउँपालिका–१ का हर्ष शाही तथा प्रतिभा शाहीले समयको मागअनुसार प्रविधिको विकासमा उल्लेखीय भूमिका खेल्दै आएका छन् । यहाँका नागरिकलाई इन्टरनेटको पहुँचमा ल्याउन फाइबर टु द होम इन्टरनेट उल्लेखीय भूमिका खेल्ने छ ।

सेवामा गुणस्तरियता र विश्वसनियतामा ध्यान पु¥याउन आवश्यक रहेको विभागका महानिर्देशक हमालले बताउनुभयो । नेपाल टेलिकम तथा सिम्पललगायत अन्य निजी इन्टरनेट सेवाले गाउँगाउँमा इन्टरनेटको पहुँच पुयाउएर चालु आवभित्रै देशका सबै स्थानीय तहलाई इन्टरनेटको पहुँचमा पुयाउने सरकारको लक्ष्य पूरा गर्ने सहयोग मिल्ने विभागका महानिर्देशक गोगन हमालले बताए ।

सेवाग्राहीको गुनासो आउने गरी नभई चुस्तरुपमा इन्टरनेट सेवा दिनु आजको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए । फाइबर टु द होम इन्टरनेट सेवाको लाइन हालसम्म जिल्लाका सय जना सेवाग्राहीलाई वितरण गरिएको छ । प्रालिकी अध्यक्ष प्रतिभा शाहीले भन्नुभयो,“उपभोक्ताको मागअनुसार सेवाप्रवाह गर्नेमा प्रतिवद्ध छाैँ ।”

सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहँंगै साविक कर्णालीका चार जिल्लामा समेत प्रभावकारी इन्टरनेट सेवा दिँदै आएको छ । नेपाल टेलिकमभन्दा सिम्पलको इन्टरनेट सेवा फाष्ट हुने अध्यक्ष शाहीले बताए ।

 


Thali Mobile Pvt.Ltd.