भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल आए

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल आए

काठमाडौं । सन् २०२३ को फेब्रुअरीमा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार २ सय ५५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्। जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७ सय ६६ जना पर्यटकको नेपाल आगमन भएको थियो।

सन् २०२१ को सोही महिनामा ९ हजार १ सय ४६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। पछिल्ला दिनमा विदेशी पर्यटकको आगमन उत्साहवर्द्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। फेब्रुअरीमा भारतबाट १८ हजार ४ सय १ जना पर्यटक आएका छन्। अमेरिकाबाट ७ हजार ८ सय ८७ पर्यटकले नेपाल भ्रमण गरेका छन्।

त्यस्तै, थाइल्याण्डबाट ४ हजार ८ सय २, दक्षिण कोरियाबाट ३ हजार २ सय ४६, अष्ट्रेलियाबाट २ हजार ९ सय ६९, चीनबाट २ हजार २ सय ६६, म्यानमारबाट २ हजार २ सय ३२, श्रीलङ्काबाट २ हजार १ सय १७ र जर्मनीबाट २ हजार १ सय ८ पर्यटक नेपाल भित्रिएका छन्।

पछिल्लो तथ्यांकले महामारीपछि फेब्रुअरीमा हालसम्मकै उल्लेख्य संख्यामा पर्यटक आएको देखिन्छ। कोभिड–१९ महामारीले घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने केही बढेको थियो। त्यस वर्ष ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए।

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको संख्या ८१ प्रतिशतले घटेर २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यसैगरी सन् २०२१ मा भने १ लाख ५० हजार ९ सय ६२ पर्यटक नेपाल आएका थिए।

 


Thali Mobile Pvt.Ltd.