भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

फेरि लड्ने दिन आएः प्रचण्ड

फेरि लड्ने दिन आएः प्रचण्ड

काठमाडौँ । अब फेरि लड्ने बेला आएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिनकै लागि भएपनि लड्नुपर्ने बेला आएको जिकिर गरे । देशव्यापी अभियान चलाउन थालेको भन्दै प्रचण्डले जनताको घर दैलोमा पुग्न तयार रहेको बताए ।

खाडीमा गैटी बिल्चा चलाएर आइरहेका पूर्व जनमुक्ति सेनाका साथीहरुलाई नेपाल फर्कन आग्रह गरेको भन्दै प्रचण्डले लडाईका विषयमा सोचिरहेको बताए । फेरि दुई चार वर्ष जनताको बीचमा जाने भन्दै उनले काठमाडौँमा नबस्ने सोच बनाएको बताए ।

आफ्नो उमेर बढ्दै गए पनि फेरि एकपटक लड्नुपर्ने भएको दाहालले जिकिर गरे । अबको लडाइमा जनमुक्तिसेनाको विशेष ध्यान राख्ने उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.