भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

बजारमा मास्कको अभाव, मेला, महोत्सव र कार्यक्रममा रोक लगाईयो

बजारमा मास्कको अभाव, मेला, महोत्सव र कार्यक्रममा रोक लगाईयो

काठमाडौं । संसारभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर र यसको त्रास नेपालमा पनि फैलिएको छ । दुई दर्जनमा यो भाइरसको आशंका देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण हुदा एक जनामा यसको लक्षण पोजटिभ देखिएको छ ।

भाइरस देखिएका ती व्यक्तिको पूर्णरुपमा उपचार भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेकोले सचेत रहन र त्रास नगर्न आग्रह गरिसकेको छ । नेपाल सरकारले पनि नागरिकलाई सावधानी अपनाउन आह्वान गर्दै आएको छ। राजनैतिक दलहरुले पनि राजनैतिक सभा समारोह बन्द गरिसकेका छन् ।

यसैबीच कोरोना भाइरसको त्रासकै कारण सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय तथा विभिन्न संघसंस्थाले सार्वजनिक कार्यक्रम रोकिसकेका छन् । प्रदेश सरकारहरुले पनि मन्त्रिपरिषद् बैठकबाटै प्रदेशभरी मेला महोत्सवमा रोक लगाउनुका साथै उच्च सतर्कता अपनाउन थालेका छन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा त्यस्ता मेला, महोत्सव नगर्न र पहिले अनुमति दिएको कार्यक्रम रद्द गर्न निर्देशन समेत दिईएको छ।

यता सरकारको तयारी अुनसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर यात्रुलाई चेकजाँच गरिदै आएको छ । एक सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखिने वित्तिकै यात्रुलाई निगरानीमा लिएर उपचारको प्रवन्ध मिलाउने गरिएको छ । विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाएर चेकजाँचको काम भैरहेको छ ।

काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको छ भने बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परीक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने सरकारले बताएको छ । यता बजारमा भने मास्कको अभाव देखिन थालेको छ । मेडिकल पर्शन भन्छन् । मास्क चीनमा सहयोग गरिएकोले नेपालमा कम हुदै गएको छ ।

उता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जानकारी दिएको छ । अहिले सम्म ३ हना। २ सय ३ जनाको मृत्यु भाइरसका कारण भएको छ भने ९३ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ । भाइरस संक्रमण भएका ५० हजार रागी निको भइसकेको बताईएको छ ।

 


Thali Mobile Pvt.Ltd.