काठमाडौं । संसारभर फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर र यसको त्रास नेपालमा पनि फैलिएको छ । दुई दर्जनमा यो भाइरसको आशंका देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण हुदा एक जनामा यसको लक्षण पोजटिभ देखिएको छ ।
भाइरस देखिएका ती व्यक्तिको पूर्णरुपमा उपचार भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल उच्च जोखिममा रहेकोले सचेत रहन र त्रास नगर्न आग्रह गरिसकेको छ । नेपाल सरकारले पनि नागरिकलाई सावधानी अपनाउन आह्वान गर्दै आएको छ। राजनैतिक दलहरुले पनि राजनैतिक सभा समारोह बन्द गरिसकेका छन् ।
यसैबीच कोरोना भाइरसको त्रासकै कारण सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय तथा विभिन्न संघसंस्थाले सार्वजनिक कार्यक्रम रोकिसकेका छन् । प्रदेश सरकारहरुले पनि मन्त्रिपरिषद् बैठकबाटै प्रदेशभरी मेला महोत्सवमा रोक लगाउनुका साथै उच्च सतर्कता अपनाउन थालेका छन् । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा त्यस्ता मेला, महोत्सव नगर्न र पहिले अनुमति दिएको कार्यक्रम रद्द गर्न निर्देशन समेत दिईएको छ।
यता सरकारको तयारी अुनसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर यात्रुलाई चेकजाँच गरिदै आएको छ । एक सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखिने वित्तिकै यात्रुलाई निगरानीमा लिएर उपचारको प्रवन्ध मिलाउने गरिएको छ । विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाएर चेकजाँचको काम भैरहेको छ ।
काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको छ भने बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परीक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने सरकारले बताएको छ । यता बजारमा भने मास्कको अभाव देखिन थालेको छ । मेडिकल पर्शन भन्छन् । मास्क चीनमा सहयोग गरिएकोले नेपालमा कम हुदै गएको छ ।
उता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जानकारी दिएको छ । अहिले सम्म ३ हना। २ सय ३ जनाको मृत्यु भाइरसका कारण भएको छ भने ९३ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ । भाइरस संक्रमण भएका ५० हजार रागी निको भइसकेको बताईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...