भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बर्मेली सैन्य अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

बर्मेली सैन्य अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी । सैनिक कू मा संलग्न बर्मेली सैन्य अधिकारीहरूमाथि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले बर्मामा सैन्य तख्तापलटमा सामेल सैन्य नेतृत्वविरुद्ध कारबाही छेडेका हुन्।  सैन्य जनरललाई सत्ता छाड्न आग्रह गर्दै बाइडनले अमेरिकामा रहेको बर्माको सबै बैंक खाता र आर्थिक स्रोत बन्द गरिदिने निर्णय लिएका हुन्।

बाइडनले भनेका छन्, ‘बर्मामा सैन्य तख्तापलट गर्ने सैन्य नेतृत्वविरुद्ध तुरुन्त प्रतिबन्ध लगाउन मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, अब त्यहाँको सैन्य नेतृत्वसँग निकट र निजका परिवारजन पनि अमेरिकी प्रतिबन्धको दायरामा आउनेछन्।’ प्रतिबन्ध कार्यान्वयन गर्नुअघि अमेरिकाले व्यक्ति नै किटान गर्ने बाइडनले बताएका छन्।

बर्माको सेनाको सेनाले गत साता सैनिक कू गर्दै त्यहाँको सत्ता आफ्नो नियन्त्रणमा लिएको छ। नेतृ आङ सान सुकीसहितका नेताहरू नजरबन्दमा परेका छन्।

 


Thali Mobile Pvt.Ltd.