भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

बसमा आगलागी हुँदा महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा २५ जनाको मृत्यु

बसमा आगलागी हुँदा महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा २५ जनाको मृत्यु

भारत । बसमा आगलागी हुँदा भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर राजमार्गमा २५ जनाको मृत्यु भएको छ।महाराष्ट्रको बुलढाणा जिल्लाका एसपी सुनिल कडासनेका अनुसार ३२ यात्रु सवार बसमा आगो लाग्दा धेरैजसो यात्रु निन्द्रामा थिए, जसका कारण उनीहरू तत्काल बसबाट ओर्लिनसमेत नसकेको आशंका गरिएको छ।

एक निजी बसमा अचानक आगो लाग्दा ठूलो संख्यामा मानवीय क्षति भएको महाराष्ट्र प्रहरीले जनाएको छ। बसको डिजेल ट्यांकी फुटेपछि आगलागी भएको हो। बसमा सवार बाँकी यात्रुले झ्यालका शिशा फोडेल ज्यान जोगाउन सफल भए पनि अधिकांश घाइते छन्। तीव्र गतिमा रहेको बसको टायर पड्किएपछि बस एउटा खम्बा र त्यसपछि एउटा पुलमा गएर ठोक्किएको थियो।

 

 


Thali Mobile Pvt.Ltd.