२० जेठ २०७७ नेपालगन्ज । बाँके राप्ति सोनारी गाउँपालिका २ को मुगुवा खोला ठुरियाको जंगलमा भएको गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । ११ जना घटनास्थलमै र एक जनाको भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
भारतबाट घर फर्केका नेपालीलाई बोकेर जमुनाहा नाकाबाट दाङको तुलसीपुरसम्म जान लागेको ना५ख ५९९५ नम्बरको हायस आइतबार राति रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
चालक दलका तीनसहित सातजना मृतकको मात्र सनाखत भएका मध्य मृत्यु हुनेमा दैलेख घर भएका चालक दानबहादुर खड्का, सहचालक सुर्खेत घर भएका पवन भण्डारी र हायसमा सुर्खेतबाट आएका रितेश कार्की रहेका छन् ।
यसैगरी, दाङको शन्तिनगर ३ का पूर्णबहादुर पुनका श्रीमती र छोरा तथा राजपुर ६ का रामबहादुर पुनको मृत्यु भएको प्रहरी प्रमुख ओलीले बताए । सीमा नाका जमुनाहाबाट गाडीमा चढ्नेको सूचीका आधारमा अन्य ८ जना मृतकको नाम पत्ता लागे पनि परिवारका सदस्य र आफन्तले शव पहिचान गरेपछि मात्र सनाखत भएको मानिने प्रहरीको भनाइ छ ।
प्रहरीले आफन्तलाई पत्राचार गरेको छ । चारजनाको अवस्था अहिले पनि गम्भीर रहेको भेरी अस्पतालले जनाएको छ । घाइतेहरुको हातखुट्टा भाँचिएका छन् भने चाँडो उपचार गर्नुपर्ने बताइरहेका छन् । ४ जनाको छाती, टाउको र मुहारमा चोट लागेको छ ।
तीनजनाको खुट्टा भाँचिएको र हिप फ्याक्चर भएको छ । सल्यान, दाङ र रोल्पाका रहेका छन् ।चालकले रक्सी सेवन गर्नु, क्षमताभन्दा दोब्बर बढी यात्रु राख्नु र गाडीको हेडलाइट नै डिम भएका कारण दुर्घटना हुन पुगेको यात्रुले बताएका छन् ।
दुई देशको लकडाउन छिचोल्दै घर पुग्ने सपना उनीहरुको बाटोमै हरायो । पूर्व–पश्चिम राजमार्गको अगैयानजिकै भएको सवारी दुर्घटनाले उनीहरुको ज्यान गयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी...
जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको...
काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो । अटेर गरेमा पाँच...