भर्खरै : Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत | नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा | भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग | बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार | ‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज | पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी | प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग | अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ |

बाग्मती प्रदेशसभाको हिउँदे अधिवेशनमा साँसदले भने, ‘देशकै बेइज्जत भयो’ (भिडियाेसहित)

बाग्मती प्रदेशसभाको हिउँदे अधिवेशनमा साँसदले भने, ‘देशकै बेइज्जत भयो’ (भिडियाेसहित)

हेटौंडा । बुधबारबाट सुरू भएको बाग्मती प्रदेशसभाको हिउँदे अधिवेशनमा सासदहरूले कडा जवाफ दिएका छन् । अधिवेशनमा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले दुईतिहाइको सरकार हाँकिरहेको नेकपाको झगडाले नेपालीलाइ हसाइ रहेको र अन्तर्राष्ट्रिय जगतमा बेइज्जत भइरहेको बताएका छन् ।

नेकपाको बेइज्जत त भयो भयो शत्रु हँसाउने सम्मको खेलमा नेकपा लाग्नु दुखद भएको बताए । सैद्धान्तिक झगडा नभइ कुर्सी झगडा गरेकाले प्रजातान्त्रिक आन्दोलनलाई समेत यिनीहरूले घात गरेको धारणा राखे । कोमिड–१९ को खोप वितरण छिटोभन्दा छिटो गरी जनतालाई सुरक्षित बनाउनेबारे गम्भिर छलफल हिउँदे अधिवेशनको प्रमुख विषयवस्तु बनाउनु पर्ने तर्क गर्दै सुखी नेपालीको नारा दिँएको सरकारले गलत साबित गरिदेला भन्ने चिन्तामा जनता रहेको जिकिर गरे ।

हेर्नुहाेस् भिडियाे…

सरकारले गरेका प्रतिबद्धता पुरा गर्न नसकेकोमा व्यङ्ग्य प्रहार गरे । सरकारराष्ट्रघातीसँग घाँटी जोड्दै हिडेको जनताले देखिरहेको बताए । जबसम्म शासनमा जाने पार्टीहरू आफ्नै बलबुत्ता, विवेक र जनताको तागतमा विश्वास गर्दैनन् तबसम्म नेपाली जनताले यस्तो दुर्भाग्य भोगिरहे दावी उनको छ ।

 


Thali Mobile Pvt.Ltd.