भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बाढीले बगाएका थप एकको शव भेटियो

बाढीले बगाएका थप एकको शव भेटियो

अछाम  ।  रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो ।

अन्य १० शवको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए । यही भदौ ३ गते बुधबार आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ ।

उक्त बाढीपहिराका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एक जनाको शनिबार फेला परेको हो । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोशन–५ का १५ वर्षीय नवीन साउद, सोही वडा बस्ने ३३ वर्षीया गौरी शाह, सोही ठाउँ बस्ने २२ वर्षीया बबिता बुढाऐर, ४५ वर्षीय अम्मर शाह, ४५ वर्षीया लालसर शाही तथा ४८ वर्षीय चन्द्र साउद छन् ।rss

 


Thali Mobile Pvt.Ltd.