भर्खरै : Sorry, your browser does not support inline SVG.

बाढीले बगाएका थप एकको शव भेटियो

बाढीले बगाएका थप एकको शव भेटियो

अछाम  ।  रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो ।

अन्य १० शवको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए । यही भदौ ३ गते बुधबार आएको बाढीका कारण बगेर १७ बेपत्ता भएका थिए । बेपत्ता भएकाको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएको छ ।

उक्त बाढीपहिराका कारण बेपत्ता भएका १७ मध्ये छ शव बुधबार दिउँसो फेला परेको थियो भने एक जनाको शनिबार फेला परेको हो । बाढीले बगाएर मृत्यु हुनेहरुमा रामारोशन–५ का १५ वर्षीय नवीन साउद, सोही वडा बस्ने ३३ वर्षीया गौरी शाह, सोही ठाउँ बस्ने २२ वर्षीया बबिता बुढाऐर, ४५ वर्षीय अम्मर शाह, ४५ वर्षीया लालसर शाही तथा ४८ वर्षीय चन्द्र साउद छन् ।rss

 


Thali Mobile Pvt.Ltd.