भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले

बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले

काठमाडौं, २६ भदौ । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले पाँच दिनमै नयाँ पुल निर्माण गरेको छ ।

भदौ २० गतेदेखि निर्माण सुरु गरिएको पुलमा हिजो बेलुकादेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाली सेनाको १४ नम्बर बाहिनीअन्तर्गतको ब्रिजिङ युनिटले ७२ घण्टाभन्दा कम समयमै पुल तयार पारेको जनाएको छ ।

नवनिर्मित पुलको भारवहन क्षमता ६० टन रहेको छ । पुल सञ्चालनमा आएसँगै विदुर र बेलकोटगढी हुँदै धादिङ तथा रसुवागढीसँगको सडक सम्पर्क पुनः जोडिएको छ ।

पुल बगाएपछि स्थानीयवासीले लामो तथा घुमाउरो बाटो प्रयोग गरेर आवतजावत गर्नुपर्ने बाध्यता थियो । नयाँ पुल सञ्चालनमा आएपछि स्थानीयको आवतजावत सहज हुनुका साथै मालवाहक तथा अन्य सवारीसाधनको आवागमनसमेत सहज भएको छ ।

नेपाली सेनाले गजुरीमा रणनीतिक जगेडाका रूपमा भण्डारण गरेर राखेको एक्रोब्रिज देवीघाटमा ल्याएर जडान गरेको हो । बाढीबाट सडक तथा पुलमा पुगेको क्षतिका कारण प्रभावित सडक सम्पर्कलाई तत्काल पुनःस्थापित गर्ने उद्देश्यले सेनाले तीव्र गतिमा पुल निर्माण गरेको जनाएको छ ।

पुल सञ्चालनमा आएपछि नुवाकोटका प्रभावित क्षेत्रसँगै धादिङ र रसुवातर्फको आवागमन तथा राहत सामग्री ओसारपसारमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.